जोडिनुहोस
  • होमपेज
  • मेलम्ची खोलामा स्थायी पुल निर्माण गर्न सरकारलाई सांसद सापकोटाको ध्यानाकर्षण

मेलम्ची खोलामा स्थायी पुल निर्माण गर्न सरकारलाई सांसद सापकोटाको ध्यानाकर्षण

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले मेलम्ची खोलामा चाँडो स्थायी पुल व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै २०७८ को बाढीले बगाएको पुल अझै नबन्दा स्थानीयले सास्ती खेप्नुपरेको बताए।

उनले भने, ‘हिउँदमा अस्थायी संरचनाहरू निर्माण गरिन्छ । आवतजावतलाई तर, वर्षा लागेपछि बनाइएको संरचना बगाउँछ । सिन्धुपाल्चोकमा गत १२ घण्टामा भारी वर्षा भएको छ । मेलम्ची खोलामा बाढी आउँदा गए राति २०७८ को बाढीले पुल बगाएपछि बनाएको अस्थायी संरचना पनि बगाएको छ । त्यसले मेलम्ची, पाँच पोखरी र हेलम्बु गरेर ६ वडा वडाका स्थानीयले आवतआवत गर्ने बाटो बन्द भएको छ ।‘

गएरातीको बाढीले मेलम्ची नगरपालिका-११ स्थित फट्टेमा अस्थायी पुल बगाएको थियो । २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो ।

धेरै टिप्पणी गरिएका