जोडिनुहोस
  • होमपेज
  • तराई/मधेसका जिल्लामा शान्ति सुरक्षा बिग्रियो : सांसद थपलिया

तराई/मधेसका जिल्लामा शान्ति सुरक्षा बिग्रियो : सांसद थपलिया

काठमाडौं । नेकपा (एमाले)की सांसद सम्झना थपलियाले सिरहालगायत तराई/मधेसका जिल्लामा शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले विगत तीन महिनाभित्र श्रृंखलाबद्ध रूपमा भएको चोरी डकैतीका घटनाले समाजमा त्रास पैदा भएको बताइन् ।

गाउँ गाउँमा आपराधिक समूहले पर्चा र पोस्टर टाँसेरै सूचना दिने काम गरेको भन्दै नागरिकहरूमा डरले गाउँमा बस्न सक्ने अवस्था नरहेको स्पष्ट पारिन् । नागरिकहरू अनिदो रही घरेलु हतियार लिएर रातभर जाग्रम बस्नुपर्ने परिस्थिति सिर्जना भएको भन्दै सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, “सिरहालगायत तराई/मधेसका अन्य जिल्लामा अहिले शान्ति सुरक्षाको अवस्था हदैसम्म बिग्रिएको छ । विगत तीन महिनाभित्र श्रृंखलाबद्ध रूपमा भएको चोरी डकैतीको घटनाले समाजको मनोविज्ञानमा डर र त्रास पैदा गरेको छ ।” सांसद थपलियाले स्थानीय प्रहरी प्रशासनले परिस्थिति काबुमा लिन नसकेको भन्दै सुरक्षा निकाय चुस्त बनाउन सरकारसँग आग्रह गरिन् ।

धेरै टिप्पणी गरिएका