जोडिनुहोस
  • होमपेज
  • विद्युतीय गाडी आयात : साइमेक्स इंकसँग सरकारी हिमचिमको आरोप

विद्युतीय गाडी आयात : साइमेक्स इंकसँग सरकारी हिमचिमको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डेले कर छलीको अनुसन्धान झेलिरहेको चिनियाँ गाडी बीवाईडीको आधिकारिक कम्पनी साइमेक्स इंकसँग सरकारी हिमचिमको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सोही कारण जेठमा अघिल्ला महिनाको तुलनामा तेब्बर अर्थात् २९ सय गाडी नेपाल भित्र्याइएको जिकिर गरे ।

त्यसबाट उपभोक्ता शोषणमा परेका उनको भनाइ छ । “विद्युतीय गाडीमा कर वृद्धिको सरकारी सूचनाको कारण नै अस्वाभाविक ढंगबाट गाडी भित्रिएको अनुमान लगाउन कठिन छैन,” उनले भने, “त्यसैले यो राष्ट्रघाती र उपभोक्तामारा कार्यको गम्भीर छानबिन गरी दोषीउपर कडा कारबाहीका लागि माग गर्दछु ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका