जोडिनुहोस
  • होमपेज
  • परराष्ट्रमन्त्री श्रेष्ठ र इरानका कार्यवहाक विदेशमन्त्री बगेरीबीच भेटवार्ता

परराष्ट्रमन्त्री श्रेष्ठ र इरानका कार्यवहाक विदेशमन्त्री बगेरीबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र इरानका कार्यवहाक विदेशमन्त्री डा. अली बगेरीबीच भेटवार्ता भएको छ ।

इरानको राजधानी तेहरानमा एसिया सहयोग संवाद (एसीडी)को साइड लाइनमा उनीहरूबीच आइतबार साँझ भेटवार्ता भएको हो । भेटमा नेपाल–इरान सम्बन्ध र द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री श्रेष्ठले स्थानीय समयअनुसार सोमबार बिहान इरानका कार्यवाहक विदेशमन्त्री बगेरीको अध्यक्षतामा तेहरानमा आयोजना भएको एसीडीको १९औँ मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले क्षेत्रीय सहयोग र बहुपक्षीयताप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याएका थिए । उनले एसीडी भिजन २०३० लाई कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले कोभिड–१९, जलवायु परिवर्तन, विश्वव्यापी आर्थिक मन्दी, बढ्दो द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वीताका कारण उत्पन्न चुनौतीका बारेमा धारणा राखेका थिए । एसीडीको १९औँ मन्त्रीस्तरीय बैठकमा सहभागी भई परराष्ट्रमन्त्री श्रेष्ठ मंगलबार स्वदेश फर्कने छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका