जोडिनुहोस
  • होमपेज
  • नेप्से ३.२१ अंकले बढ्यो, पाँच अर्ब सात करोडको कारोबार

नेप्से ३.२१ अंकले बढ्यो, पाँच अर्ब सात करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार नेप्से परिसूचक ३.२१ अंकले बढेको छ । नेप्से परिसूचक ०.१५ प्रतिशतले बढेर सोमबार २०६६.१६ विन्दुमा बन्द भएको छ ।

यसदिन पाँच अर्ब सात करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यो मूल्यमा एक करोड सात लाख सात हजार ८७८ कित्ता सेयर किनबेच भएको छ । १४२ कम्पनीको सेयर मूल्य बढेको छ । ९४ कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको भने स्थिर छ ।

नेपाल फाइनान्स लिमिटेड र गणपति लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सर्वाधिक गुमाउनेमा बुद्धभूमि लघुवित्तको सेयर मूल्य ७.०१ प्रतिशतले घटेको छ । १३ उपसमूहमध्ये ६ वटाको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

धेरै टिप्पणी गरिएका