
काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने समस्या देखिएको छ । सोमबार अपराह्न साढे चार बजेतिर टेलिकमको नेटवर्कभित्र फोन नलाग्ने समस्या देखिएको हो ।
नेपाल टेलिकमबाट नेपाल टेलिकमको नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो । यद्यपि, एनसेलको नेटवर्कमा भने समस्या छैन । समस्याको कारण के हो भन्ने खुलेको छैन ।