
काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद मीना यादवले मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो माग गरेकी हुन् ।
मधेसका महिला शिक्षामा धेरै पछाडि परेका उनले उल्लेख गरिन् । “मधेसको महिलाहरू शिक्षामा धेरै पछाडि परेको छ । त्यसकारण दाइजो प्रथा हटाउन सरकारलाई मेरो अनुरोध छ,” उनले भनिन् ।