जोडिनुहोस
  • होमपेज
  • राप्रपामा विशेष महाधिवेशन गर्नुपर्ने रेखा थापाको माग

राप्रपामा विशेष महाधिवेशन गर्नुपर्ने रेखा थापाको माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले राष्ट्रवादी आन्दोलनलाई मूर्तरुप दिन विशेष महाधिवेशनबाट नयाँ ऊर्जा लिएर अघि बढ्नु पर्ने बताएकी छन्।

राप्रपाको सुस्त संगठन संरचना र पार्टीमा आकर्षणको कमी भएको बेला विशेष महाधिवेशन गर्न हिच्किचाउनु नहुने उनले बताइन् । यस्तो कदम पार्टी र विचारको हितमा हुने ठहर राप्रपा कार्यसम्पादन समिति सदस्य थापाले गरेकी हुन् ।

‘पार्टी प्रक्रियासम्मत ढंगबाट अघि बढ्न सकिहेको छैन, गुट-उपगुट मौलाएको छ । संगठन सुस्त छ, आकर्षणमा कमी छ, यस्तो बेलामा विशेष महाधिवेशन गरेर नयाँ ऊर्जाका साथ अघि बढ्न सके राष्ट्रवादी आन्दोलनले मूर्तरुप लिन्छ । पार्टी र विचारको हित हुन्छ,’ उनले मंगलबार भनेकी छन् ।

थापाले पार्टीलाई नयाँ जीवन दिन आवश्यक भइसकेको बताएकी छन् । ‘पार्टी जीवनमा यस्तो निर्णय लिन हिच्किचाउनु हुँदैन,’ उनले भनेकी छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका