जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय क्रिकेटबाट डेविड वार्नरको सन्यास

अन्तर्राष्ट्रिय क्रिकेटबाट डेविड वार्नरको सन्यास

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा अस्ट्रेलियाको यात्रा समाप्त भएपछि ओपनर डेविड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

सोमबार राति विश्वकपको अन्तिम खेलमा अस्ट्रेलियाले भारतसँग २४ रनको हार बेहोरेसँगै वार्नरको अन्तर्राष्ट्रिय क्रिकेट करियर समाप्त भएको हो । उनले यसअघि नै अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप अस्ट्रेलियाबाट आफ्नो अन्तिम प्रतियोगिता हुने जनाएका थिए ।

उनले अन्तिम खेलमा भारतविरुद्ध ६ बलमा ६ रन बनाएका थिए । सन् २००९ मा अस्ट्रेलियाबाट डेब्यु गरेयता वार्नर निरन्तर टोलीमा थिए । अस्ट्रेलियाबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत रहेका वार्नरले ११० खेलमा तीन हजार ३७७ रन बनाएका छन् ।

१५ वर्ष अस्ट्रेलियाको नियमित सदस्य बनेका वार्नरले गत वर्षको नोभेम्बरमा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । अस्ट्रेलियाबाट १६१ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका वार्नरले ६ हजार ९३२ रन बनाएका छन् । यस्तै, वार्नरले ११२ टेस्ट क्रिकेटमा अस्ट्रेलियाको प्रतिनिधित्व गर्दा आठ हजार ७८६ रन बनाएका छन् ।

सन् २०१८ मा ‘बल टेम्परिङ’ को अभियोगमा वार्नर विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीबाट तत्कालिन कप्तान स्टिभ स्मिथसँगै एक वर्षको प्रतिबन्धमा समेत परेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका