
काठमाडौं । काठमाडौंको माइतीघर मण्डलमा अनशनरत आरती गिरीले आत्महत्याको प्रयास गरेकी छन् ।
मंगलबार नेपालको झन्डा राख्न प्रयोग गरिएको पोलमा चढेर उनले हाम फाल्न खोजेकी थिइन् । त्यसपछि प्रहरीले उद्धार गरेको हो । गिरीलाई वीर अस्पताल पठाइएको काठमाडौंका एसएसपी बसन्त रजौरेले जानकारी दिए ।