जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल असार १३ गते बिहीबारको राशिफल

आज २०८१ साल असार १३ गते बिहीबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेष – आदर्श व्यक्तिसँग भेट हुनेछ। भौतिक सम्पत्ति जुटाउने समय छ। श्रम र लगानीको क्षेत्रबाट उचित मूल्य प्राप्त हुनेछ। पारिवारको साथले दिन रमाइलो हुनेछ।

वृष – थोरै श्रम गरे पनि पर्याप्त नाफा हुनेछ। राजनीतिमा मन जानेछ। समाजसेवाको सेवा गर्ने मौका मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन – बौद्धिक क्षेत्रका गुरुसँगको भेटले मनमा परिवर्तनका सम्भावना मौलाउने योग छ। शिक्षाको लगानीमा नाफा हुनेछ। परिवारको बढी मायाले समस्या हुनसक्छ। गुरुसँग भेट हुनेछ।

कर्कट – कमाउने भन्दा पनि जोगाउने दिन छ। आलस्यले मन भारी हुनेछ। ठुला उद्योगमा लगानी नगर्नु राम्रो हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सल्लाह अनुसार काम गर्नु राम्रो हुनेछ।

सिंह – साथीसँग रमाइलो घुमघाम हुनेछ। सामाजिक क्षेत्रमा मान र सम्मान मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानाले खुशी बढ्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। राजनीतिक मोहले आकर्षण बढाउने छ। परिवारसँगको सम्बन्ध स्सुमधुर बन्नेछ।

कन्या – विभिन्न अवसर प्राप्त हुनेछन्। मनमा उमंग बढ्नेछ। पुराना साथीसँग भेट हुनेछ। योजना दीर्घकालीन हुनसक्छन्। राजनीतिप्रति आकर्षण बढ्नेछ। सामाजिक क्षेत्र र परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला – अरुलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। न्यायपूर्वक गरेको श्रमले उचित स्थान लिनेछ। साथीले सकारात्मक काममा साथ दिनेछन्। पारिवारिक प्रेममा बौद्धिक टकराब हुनेछ।
वृश्चिक – थकान र आलस्य बढ्नेछ। व्यवसाय टिकाएर राख्नु राम्रो हुनेछ। परिवारले राम्रो साथ दिनाले दैनिकी सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु – पर्यटकीय क्षेत्रबाट लाभ प्राप्त हुनेछ। आस्था, धर्म र समाजसेवामा मन जानेछ। तपाईंका लगानीका क्षेत्रमध्ये कृषि, फलफूल र बालीनालीको क्षेत्रबाट नाफा हुनेछ। परिवारले राम्रो साथ र सपोर्ट गर्नेछन्।

मकर – शुभ ग्रहको बहुमत छ। आफू लागिपरेको लगानीमध्ये शिक्षाबाट उल्लेखनीय लाभ हुनेछ। सुरुमा हल्ला गरेमा विरोधीले काममा बाधा पुर्याउनेछन्। मित्रको साथ प्राप्त हुनेछ।

कुम्भ – चन्द्रमा कुम्भमा पुगेकाले मन प्रशंन्न हुनेछ। काममा फुर्ती र जोसजाँगर बढ्नेछन्। आदरणीय मानिससँगको भेटले काम गर्ने तरिका मिल्नेछन्। परिवारमा भने खटपटी बढ्नेछ।

मीन – धन खर्च हुनेछ। काममा कूटनीति मच्चाएर धोका दिनहरु सक्रिय छन्। आफ्नै तरिकाले चल्नु राम्रो हुनेछ। सहकर्मीबाट साथ र सहयोग प्राप्त हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका