जोडिनुहोस
  • होमपेज
  • पाकिस्तान सरकारले ल्याएको बजेटको पारदर्शीतामाथि प्रश्न

पाकिस्तान सरकारले ल्याएको बजेटको पारदर्शीतामाथि प्रश्न

काठमाडौँ– पाकिस्तान अधिनस्थ गिल्गिट बाल्टिस्तानका पूर्वमुख्यमन्त्री हफिजुर रहमानले सरकारले ल्याएको बजेटको पादर्शीतामाथि प्रश्न उठाएका छन् ।

पाकिस्तानको संघीय सरकारले यस क्षेत्रका लागि आर्थिक वर्ष २०२४–२५ मा ६८अर्ब पाकिस्तानी रुपैयाँ विनियोजन गरेकोे भारतीय समाचारसंस्था एएनआईले जनाएको छ । पत्रकार सम्मेलन गर्दै पूर्वमुख्यमन्त्री रहमानले प्रान्तीय प्रशासनले ६८ अर्ब रुपैयाँ कसरी खर्च गर्छ भन्ने अझै स्पष्ट नभएको उल्लेख गरे ।

यस बजेटले आफ्नो प्रान्तका लागि कुनैपनि नयाँ विभाग गठन नगरेको र भौतिक पूर्वाधारको कुनै नयाँ परियोजना पनि सुरु नगरेको उनको भनाइ छ । उनले यो बजेट उच्च पदस्थ अधिकारीको तलब र इन्धनमा मात्र खर्च हुने त होइन भन्ने प्रश्न पनि गरेको एएनआईले जनाएको छ ।

उनले गिल्गिट बाल्टिस्तानमा सुरक्षाका अवस्थाबारे चिन्ताव्यक्त गर्दै प्रशासनिक लापरवाहीले गिल्गिट बाल्टिस्तानकाजनताले ज्यान गुमाउनुपरेको आरोप पनि लगाए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका