जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा गर्मीले ६ दिनमा ५०० जनाभन्दा बढीको मृत्यु

पाकिस्तानमा गर्मीले ६ दिनमा ५०० जनाभन्दा बढीको मृत्यु

काठमाडौं । पाकिस्तानमा अचाक्ली गर्मीका कारण ६ दिनमा ५०० भन्दा बढी मानिसको मृत्यु भएको छ । एदही एम्बुलेन्स सर्भिसका अनुसार, कराँची सहरमा गर्मीका कारण दैनिक ३० देखि ४० जनाको मृत्यु भइरहेको छ ।

उनीहरू सबैको मृत्यु गर्मीकै कारणले भन्ने पुष्टि भएको छैन । तर, गर्मीकै कारण मृत्यु भएकाको संख्या बढी रहेको अनुमान छ । कराँचीमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । ‘ह्युमिडिटी’ यति धेरै छ कि तापक्रम ४९ डिग्री सेल्सियसजस्तो महसुस भइरहेको छ ।

गएको आइतबारदेखि बुधबारका बीचमा २६७ मानिसलाई ‘हिट स्ट्रोक’का कारण कराँची अस्पतालमा भर्ना गरिएको थियो । इमर्जेन्सी विभागका प्रमुख डा. इमरान सरवर सेखले तीमध्ये १२ जनाको मृत्यु भएको बताएका छन् ।

डा. सेखका अनुसार, त्यसरी अस्पतालमा लगिएका व्यक्ति ६० वा ७० वर्ष पार गरिसकेका छन् । केही ४५ आसपास र २० वर्ष हाराहारी उमेर समूहका पनि बिरामी भएका उनले जनाएका छन् । गएको साता पाकिस्तानमा आंशिक लू भनिएको थियो । लूबाट जोगिन क्याम्प तथा सेन्टर बनाइएका थिए । कतिपयलाई उपचारको खाँचो भए पनि उनीहरू अस्पताल नै पुग्न नपाएको जनाइएको छ ।

रोयटर्सका अनुसार, बुधबार कराँचीको तापक्रम ५२.२ डिग्री सेल्सियससम्म पुगेको थियो । बीबीसी हिन्दीबाट ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका