जोडिनुहोस
  • होमपेज
  • चीनसँग बीआरआई ऋण सम्झौता नगर्न आग्रह

चीनसँग बीआरआई ऋण सम्झौता नगर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य शान्ति विकले बीआरआई अन्तर्गत ऋण सम्झौता नगर्न सरकारलाई आग्रह गरेकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद विकले नेपालको सार्वजनिक ऋण २४ सय अर्ब नाघिसकेको बताइन् ।

उनले यो ऋण तिर्ने स्रोत हामीसँग के–के छन् ? भनेर सरकारसँग प्रश्न गर्दै भनिन्, ‘त्यसै पनि देश र जनता ऋणले थिचेर उठ्न नसक्ने अवस्थामा पुगेको अवस्था छ । अब बीआरआई परियोजनाले देशलाई उच्च ऋणको भार बोकाउँदा हाम्रो जस्तो देशमा ऋण व्यवस्थापन गर्न चुनौती आउन सक्छ ।’

उनले ऋण तिर्ने बलियो आधार नहुँदा र आर्थिक रूपमा सधैँ परनिर्भर हुनुले स्वतन्त्रता र राष्ट्रिय नीतिमै प्रभाव पार्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै बीआरआईबारे चीनसँग अनुदानस्वरुप उपलब्ध गराउन सरकारसँग आग्रह गरिन् ।

‘यदि ऋण सम्झौता गर्ने हो भने श्रीलङ्का, जाम्बिया, पाकिस्तानजस्तै तिर्न समस्या हुने र देशको अर्थतन्त्रमै नकारात्मक असर पर्ने उदाहरण छ त्यसैले बीआरआई ऋण सम्झौता नगर्न आग्रह गर्दछु’, सांसद विकको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका