जोडिनुहोस
  • होमपेज
  • राप्रपाले बोलायो जिल्ला अध्यक्षहरूको भेला

राप्रपाले बोलायो जिल्ला अध्यक्षहरूको भेला

काठमाडौं । राप्रपाले जिल्ला अध्यक्षहरूको भेला बोलाएको छ । पार्टीको समग्र सांगठनिक अवस्थाको समीक्षा, पार्टी निर्माणका चुनौती र सम्भावना पहिचान गरी आवश्यक रणनीति तय गर्न जिल्ला अध्यक्षहरूको भेला आह्वान गरिएको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

साथै निकट भविष्यमा हुने निर्वाचनहरूको तयारी थाल्न देशभरका जिल्ला अध्यक्षहरुको भेला आगामी साउन १७ र १८ गते काठमाडौंमा हुने गरी बोलाइएको उनले जानकारी दिए ।

सबै जिल्ला कार्यसमितिका अध्यक्षहरूलाई अनिवार्य उपस्थित हुन गरिएको पचाचारमा जिल्लाको समग्र सांगठनिक अवस्था, सक्रिय सदस्यता वितरण, नवीकरण भइसकेका र हुन बाँकीको विवरण, नयाँका सक्रिय सदस्यता वितरणको योजना, जिल्लाअन्तर्गतका सबै तहका कार्यसमितिको नामावलीसहितको विवरण, जिल्ला र भ्रातृ संगठनको अवस्था समेटिएको प्रतिवेदनसहित उपस्थित हुन निर्देशन दिइएको छ ।

भेलामा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, पार्टीले लिएका रणनीति, भावी कार्ययोजनाका सम्बन्धमा जिल्ला अध्यक्षहरूलाई ‘ब्रिफिङ’ गर्ने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका