जोडिनुहोस
  • होमपेज
  • निर्मल पुर्जालाई कारबाही नगरियोस्: माओवादी सांसद आले मगर

निर्मल पुर्जालाई कारबाही नगरियोस्: माओवादी सांसद आले मगर

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले यौन दुर्व्यवहारको आरोप लागेका आरोही निर्मल पुर्जालाई कारबाही नगर्न आग्रह गरेका छन् ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले आरोही पुर्जा मगरले विश्व रेकर्ड कायम गर्नुका साथै नेपालको नाम विश्वभर चिनाएको भन्दै सामान्य कारबाही हुनुपर्ने माग राखेका हुन् ।

उनले निर्मल पुर्जालाई कारबाही गर्नेकुराको आफूले घोर भर्त्सना गर्ने बताए । उनले पुर्जामाथि गरिने कारबाही तत्काल बन्द गर्न आग्रह गरे । आले मगरले कुनै नियम कानुनको उल्लङ्घन गरेको भए सामान्य कारबाही हुनुपर्ने बताए । निर्मल पुर्जा मगरलाई पर्वतारोहण गर्नबाट बन्देज लगाउने कुरा बाहिर आइरहेको भन्दै आरोहण बन्देज गर्न नहुने बताए ।

उनले भने, ‘निर्मल पुर्जा मगर हिमाल आरोहण गर्ने सन्दर्भमा थुप्रै विश्व रेकर्डहरू कायम गरेको व्यक्ति । उसले आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालहरू ७ महिनामा आरोहण गरेर विश्व रेकर्ड कायम गरेको छ । यस्तो व्यक्तिलाई पनि अहिले कारबाही गर्न लागिएको छ । उनीमाथि गरिने कारबाही तुरुन्त बन्द गरियोस् ।’

उनले भ्रष्टाचारको आरोप लागेका मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने कुरा चित्तबुझ्दो नरहेको समेत बताए ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका