जोडिनुहोस
  • होमपेज
  • एमसीसी र बीआरआईबीचको अन्तर स्पष्ट पार्न केसीको माग

एमसीसी र बीआरआईबीचको अन्तर स्पष्ट पार्न केसीको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बीआरआई र एमसीसी परियोजनाबीचको अन्तर स्पष्ट पार्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले बीरआईलाई स्वीकार गरियो भने नेपाल ऋणमा डुब्छ भन्ने भाष्य केही नेताहरूले स्थापित गर्न खोजेको भन्दै त्यसको विरोध गरेका छन् । नेपालमा बीआरआई परियोजनाको विरोध गरेर एमसीसी परियोजनालाई बलियो बनाउन लागिएको भन्दै त्यस कुराप्रति नेपाली जनता सजग हुनुपर्नेमा जोड दिए ।

अमेरिकाले नेपाललाई चीन विरोधी अखडा बनाउनका लागि एमसीसी परियोजना ल्याएको उनको भनाइ छ । बीआरआई परियोजना र एमसीसी परियोजनालाई एकै ठाउँमा राखेर तुलना गर्नु नहुने उल्लेख गरे ।

“अहिलेकै सत्ताधारी साथीहरूले एमसीसी ल्याउँदाखेरी, अमेरिकनहरूले एमसीसीको भारी बोकाउँदाखेरी धुन्धान विरोध गरेको होइन ? हामी सत्तामा बस्ने छैनौँ । हामी राजनीति गर्ने छैनौँ भनेर नेपाली जनताको अगाडि उफ्रेको होइन ?,” उनले भने, “एमसीसी र बीआरआईबीचको अन्तर के हो ? त्यो नेपाली जनतालाई स्पष्ट पार्नुपर्छ । बीआरआईको पैसाले हो २४ खर्ब नेपालीले ऋण लागेको टाउकोमा ? यसमा स्पष्ट पार्नुपर्छ । बीआरआईको माध्यमबाट नेपालमा जसरी चीन आउन खोजेको छ, एमसीसी र बीआरआईलाई एउटै काँटामा राखेर नेपाली जनतालाई अल्मल्याउन पाइँदैन ।”

धेरै टिप्पणी गरिएका