जोडिनुहोस
  • होमपेज
  • विद्यार्थीले रुचाएको विषयमा अध्ययनका लागि सम्बन्धन नै दिइँदैन : साह

विद्यार्थीले रुचाएको विषयमा अध्ययनका लागि सम्बन्धन नै दिइँदैन : साह

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले शिक्षा क्षेत्रमा व्यापक बेथिति रहेको भन्दै त्यसलाई सच्याउन जरुरी रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै साहले सरकारी आंगिक कलेजहरूमा निजीमा जसरी व्यापार भइरहेको बताए ।

‘सरकारी कलेजहरूमा प्राइभेट कलेजमा जसरी निजी अनुमति लिने र अकुत पैसा उठाएर व्यापार गरेर खुलेआम भ्रष्टाचार भइरहेको छ। त्यस्तो अवस्था के हो हामी जान्न चाहन्छौँ’, उनले भने, ‘सरकारी स्कुलहरुको सबै पूर्वाधार सरकारी हो । तलब सरकारी हो भने निजी अनुमति लिएर पैसा उठाएर दुरुपयोग गर्ने काम किन भइरहेको छ ? त्यो रोक्न जरुरी छ ।’उनले आज अधिकांश कलेजहरू निजी व्यापारमा लागेका समेत बैठकमा बताए । शिक्षा क्षेत्रमा खुलेआम भ्रष्टाचार भइरहेको उनको भनाइ छ ।

विद्यार्थीहरूले चाहेको विषयमा अध्ययन गर्न नपाउँदा कलेजहरूमा विद्यार्थी नभएको र विकल्प खोज्न बाध्य भएको उनको भनाइ छ । ‘समाजले डिमान्ड गरेको विषयमा पढाइ छैन । विद्यार्थीले रुचाएको विषयको सम्बन्धन नै पाउँदैन । अहिले आईटीको युग हो । तर सम्बन्धन नै दिइँदैन । सिन्डिकेट छ सम्बन्धनमा’, उनले भने, ‘सामुदायिक कलेजहरूले सम्बन्धन पाएका छैनन् । किनभने त्यहाँ कम फिस लिइन्छ। तर काठमाडौँ केन्द्रित कलेजमा दिइन्छ । सहजै सम्बन्धन नदिइँदा विद्यार्थी महँगोमा पढ्न बाध्य छन् ।’

उनले विश्वविद्यालयमा भागबन्डाका आधारमा पदको बाँडफाँट हुने गरेको भन्दै त्यसको विरोध समेत गरे । राजनीतिक भागबन्डाका कारण विश्वविद्यालयलाई बिगार्ने काम भएको उनको भनाइ थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका