जोडिनुहोस
  • होमपेज
  • ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सका जलवायुमन्त्री पक्राउ

‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सका जलवायुमन्त्री पक्राउ

एजेन्सी– माल्दिभ्सको राष्ट्रपतिलाई ‘कालो जादू’ गरेको आरोपमा राज्यका वातावरणमन्त्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीले बताएका छन् ।

वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली सलिमलाई आइतबार अन्य दुईजनासहित राजधानी मालेमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘उनलाई अनुसन्धानका लागि एक हप्ता हिरासतमा राख्न अनुमति दिइएको छ,’ नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले बताए ।

‘राष्ट्रपति डा. मोहम्मद मुइजुमाथि कालो जादु गरेको आरोपमा शामनाजलाई पक्राउ गरिएको खबर आएको छ,’ स्थानीय अनलाइन आउटलेट (सञ्चार माध्यम) द सनले जानकारी गराएको छ । मुस्लिम बहुल माल्दिभ्सको फौजदारी संहिता अन्तर्गत जादुटुना अपराध उल्लेख नभएपनि इस्लामिक कानुनअनुसार यो कार्यका लागि छ महिनासम्मको जेल सजाय हुनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका