जोडिनुहोस
  • होमपेज
  • राजनीति नसुधारी अन्य क्षेत्र सुधार्न असम्भव : मन्त्री शर्मा

राजनीति नसुधारी अन्य क्षेत्र सुधार्न असम्भव : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको बताएकी छन् । बिहीबार काठमाडौंमा नेपाल साहित्यिक पत्रकार संघको १८औँ स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले राजनीति देशको मूल नीति भए पनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने स्थिति भएको बताइन् । उनले राजनीति देशको माउ नीति भएको राजनीति नसुधारिकन अन्य क्षेत्र सुधार गर्छु भनेर सम्भव नरहेको बताइन् ।

उनले राजनीतिलाई सुधार गर्न सबैले सोच विचार गर्न आवश्यक रहेको बताइन् । मन्त्री शर्माले साहित्यिक क्षेत्रबाट पनि राजनीतिक सुधारका लागि आवश्यक काम हुुनपर्नेमा जोड दिइन् । उनले अहिले समाज भ्रष्टीकरणमा गइरहेको बताए । उनले सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारीलाई पूरा गर्नु सबै नागरिकको दायित्व भएको बताइन् ।

मन्त्री शर्माले भनिन्, “आज आएर राजनीतिभन्दा किन सबैले नाक खुम्च्याउने विषय बन्दैछ । आखिर राजनीति त देशको मूल नीति हो । यो माउ नीति हो । यो मुल नीति, माउ नीति नसच्चिएसम्म यो नसुध्रिकन अरु तमाम क्षेत्र सुधार्छु भनेर सम्भव छैन । त्यसकारण यसलाई कसरी सुधार गर्ने, कसरी अघि बढाउने भन्ने विषयमा हामी सबैले घोत्लिएर सोच्नुपर्ने हो कि । हिजो जसरी समाज परिवर्तनमा तपाईंहरुले हामीलाई हात समाएर डो¥याउनुभयो । त्यसैगरी आज पनि आवश्यकता छ । अहिले समाज जुन ढंगले स्खलित भएको छ, जसरी भ्रष्टीकरणमा जान खोज्दै छ । सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारी हाम्रो हो । साहित्य क्षेत्रमा लाग्नुभएका व्यक्तिहरुले प्ररित गर्नुपर्ने हुन्छ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका