जोडिनुहोस
  • होमपेज
  • रामकोटमा कार दुर्घटना हुँदा चालकको मृत्यु

रामकोटमा कार दुर्घटना हुँदा चालकको मृत्यु

काटमाडौं । काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब साढे पाँच बजेतिर काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा कार खस्दा चालकको मृत्यु भएको स्वयम्भू प्रहरी वृत्तले जनाएको छ ।

मृत्यु हुनेमा नागर्जुन नगरपालिका–६ खरिबोटका अन्दाजी ४०/५० वर्षका पूर्ण दर्नाल छन् । कलभर्टमा खसेको कार अहिले निकालिसकिएको प्रहरीले जनाएको छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका