जोडिनुहोस
  • होमपेज
  • पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

सुर्खेत । पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग खुलेको छ । पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग खुलेको हो । राजमार्ग खुलेसँगै शुक्रबार बिहानदेखि रोकिएका सवारी साधनहरु गन्तव्यतिर लागेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनील दाहालका अनुसार गएरातिको वर्षाले राजमार्गको दैलेख खण्डका पाँचवटा ठाउँमा पहिरो गएको थियो । प्रहरी, सशस्त्र प्रहरी लगायतको रोहवरमा राजमार्ग खुलाएसँगै सवारी साधन आवत–जावत सुरु भएको उनले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका