जोडिनुहोस
  • होमपेज
  • गुगलले नेपाल भाषा (नेवारी) पनि ट्रान्सलेट गर्ने

गुगलले नेपाल भाषा (नेवारी) पनि ट्रान्सलेट गर्ने

काठमाडौँ । सर्च इन्जिन गुगलले अबदेखि नेपाल भाषा ९नेवारी भाषा० मा पनि उल्था गर्ने भएको छ । गुगलको अनलाइन ट्रान्सलेट प्रविधिले नेवारी समुदायमा बोलिने भाषालाई पहिचान गर्ने भएको हो ।

यसअघि १३३ वटा भाषामा उल्था गर्दै आएको गुगलले थप ११० वटा भाषा थपेको हो । जसमा नेपाल भाषा समेत समावेश भएको छ । नेपाल भाषा नेपालमा बोलिने पुरानो भाषामध्ये पर्छ। यसलाई हालै बागमती प्रदेश सरकारले सरकारी कामकाजको भाषा समेत घोषणा गरेको छ।

वर्ल्ड नेवा अर्गनाइजेसनको पहलमा नेपाल भाषालाई गुगल ट्रान्सलेटमा राख्न लागिएकको हो । गुगल ट्रान्सलेट एप सबैभन्दा पुरानो ट्रान्सलेटर एप हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका