जोडिनुहोस
  • होमपेज
  • मधेशका मुख्यमन्त्री सिंहले २१ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री सिंहले २१ गते विश्वासको मत लिने

जनकपुरधाम– मधेशप्रदेशका मुख्यमन्त्री सतिश सिंहले असार २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्री सिंहले यही २१ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

मुख्यमन्त्री सिंहले विश्वासको मत अझ अगाडि नै लिने तैयारी गरेपनि सत्तारुढ दल एकीकृत समाजवादीको महाधिवेशनको कारण ढिलाइ भएको बताए । उनले एकीकृत समाजवादीका सांसदहरूले २० भन्दा अगाडि विश्वासको मत नलिन आग्रह गरेपछि २१ गते विश्वासको मत लिने तयारी गरेको बताए ।

संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री सिंहले २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने छ । तत्कालीन मुख्यमन्त्री सरोज यादवले सदनबाट बहुमत प्राप्त नगरेपछि मुख्यमन्त्री सिंह बहुमत सांसदहरूको समर्थनमा प्रदेश सरकारबाट नियुक्त भएका थिए ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले २५ जेठमा जनमत पार्टीको तर्फबाट सतिश सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रदेश प्रमुखको कार्यालयमा बहुमत सिद्ध गर्दा मुख्यमन्त्री सिंहले ५५ जना सांसदहरूको समर्थन रहेको दाबी पेस गरेका थिए । मुख्यमन्त्री सिंहलाई एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीको समर्थन छ् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका