जोडिनुहोस
  • होमपेज
  • रथी सिग्देलको उमेर विवादबारे रक्षामन्त्री र प्रधानसेनापतिले जवाफ दिनुपर्छ : अध्यक्ष साह

रथी सिग्देलको उमेर विवादबारे रक्षामन्त्री र प्रधानसेनापतिले जवाफ दिनुपर्छ : अध्यक्ष साह

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाली सेनाका रथी अशोकराज सिग्देलको उमेर विवादको सम्बन्धमा प्रधान सेनापति प्रभुराम शर्मासँग जवाफ माग गरेका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै अध्यक्ष साहले नेपाली सेनाको आगामी नेतृत्वको रूपमा लिइएका रथी सिग्देलको उमेर विवाद रहेको भन्दै यस सम्बन्धमा प्रधानसेनापतिको जवाफ गरेका हुन् ।

उनले नेपाली सेनाको छवि निस्कलंकित, निर्विवादित र उदाहरणीय हुनुपर्ने भए पनि रथीको उमेर विवादले नेपाली सेनाको छविमाथि आँच पुर्‍याएको बताए । उनले रथिमाथि प्रश्न उठ्दा प्रधानसेनापति र रक्षामन्त्री चुप लागेर बस्न नमिल्ने समेत बताए ।

साहले भने, ‘नेपालीले गौरव गर्ने नेपाली सेनाको छवि निस्कलंकित हुनुपर्छ । निर्विवादित हुनुपर्छ । उदाहरणीय हुनुपर्छ । दुनियाँले नेपालको गौरव गराउने नेपाली सेनाको छविमाथि आँच पु¥याउन जसले जुन ढङ्गले हर्कत गरेका छन्, त्यो सकारात्मक होइन । यसरी विवादित कुराहरू बाहिर आइराख्दा सम्बन्धित निकायले किन स्पष्ट गर्दैन ? हामी जान्न चाहन्छौँ ।’

उनले यस विषयमा प्रधानसेनापतिले नैतिक जिम्मेवारी लिनुपर्ने समेत बताए । साहले भने, ‘माननीय रक्षामन्त्रीको जवाफ चाहन्छौँ । देशको सम्मानित संस्थाको नेतृत्वमाथि यसरी प्रश्न उठिराख्दा तपाईं चुप लाग्न मिल्दैन । प्रधानसेनापतिले सिग्देलको बारेमा संसदीय समितिको सुनुवाइमा उहाँले जो कुरा बोलिराख्नु भएको थियो आज पत्रपत्रिकाले पुरै प्रमाणसहित खण्डन गरिराख्दा सेनापतिजीले केही बोल्नुपर्छ कि पर्दैन ? सेनापतिको नैतिक जिम्मेवारी हुनुपर्छ कि पर्दैन ? यसरी विषयहरू आइरहनु सकारात्मक होइन । जे छ त्यो विषय स्पष्ट आउनु जरुरी छ ।’

उनले रथी सिग्देलको उमेर विवादबारे स्पष्ट कुरा आउनुपर्ने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका