जोडिनुहोस
  • होमपेज
  • प्रहरीलाई पंगु बनायौं, भ्रष्ट बनायौं: पृथ्वीसुब्बा गुरूङ

प्रहरीलाई पंगु बनायौं, भ्रष्ट बनायौं: पृथ्वीसुब्बा गुरूङ

प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरूङले राजनीतिक दल र नेताहरूले प्रहरीलाई पंगु बनाएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बेठकमा बोल्दै सांसद गुरूङले प्रहरीमा राजनीतिकरणदेखि पार्टीकरण हुँदै गुटकरण र व्यक्तिकरणसम्म पुगेको बताएका हुन्। यसबाट नेपाल प्रहरीले स्वतन्त्र ढंगले काम गर्ने परिस्थति नबनेको र आफ्नो औचित्य, सान्दर्भिकता र श्रेष्ठता प्रदर्शन गर्न नसकेको उनले बताए।

‘नेता नेताहरूका पुलिसका हाकिम छन्। प्रहरीले स्वतन्त्र ढंगले काम गर्ने परिस्थिति बनेको छैन। किन भने पुलिस यतिधेरै ध्वस्त बनाएका छौं,’ उनले भने। गुरूङले प्रहरीलाई लोकतान्त्रिकरण नगरी संघीय लोकतान्त्रिक गणतन्त्रले प्रतिफल नपाउने बताए।

उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र अपराध नियन्त्रण जे कुरा गरेपनि स्वतन्त्र ढंगले मुद्दा हाल्यो भने प्रहरी ले उजुरी लिनै नसक्ने बताए । ‘नेतासँग सोधेर मात्रै, मन्त्रीसँग, सांसदहरूसँग सोधेर लिने कि नलिने भन्ने फैसला गर्छ,’ उनले भने, ‘कति धेरै भ्रष्ट बनाइयो। यो चिजबाट नेपाल प्रहरीलाई उठाइएन भने नेपाल प्रहरी माथि उठंन सक्दैन। सुशासन र शान्ति व्यवस्था कारयम रहन सक्दैन।’

विश्वमा ख्याती कमाएको नेपाली सेनालाई पनि संघीय लोकतान्त्रिक गणतन्त्रमैत्री बनाउन नसकिएको उनले बताए। ‘नेपाल प्रहरी, नेपाली सेना, एपिएफ देखि अनुसन्धान विभागसम्मको हालत त्यही हो,’ उनले भने, ‘यी सबैभित्र लोकतान्त्रिकरण गर्नुपर्छ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका