जोडिनुहोस
  • होमपेज
  • चुरेलाई संरक्षित क्षेत्र घोषणा गर्न सांसद झाको माग

चुरेलाई संरक्षित क्षेत्र घोषणा गर्न सांसद झाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद झाले मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका हुन् ।

उनले नेपालमा २० वटा संरक्षित क्षेत्र रहे पनि मधेस प्रदेशमा भने पूर्णरूपमा एउटा पनि संरक्षित क्षेत्र नपर्ने बताए । नेपालमा पाइने एक हजार ९१८ जीवजन्तुमध्ये एक हजार ३०८ प्रजाति चुरे र तराई क्षेत्रमा नै पाइने उनको भनाइ छ ।

नेपालमा पाइने संकटापन्न ४९३ प्रजातिमध्ये ३१९ प्रजाति यही क्षेत्रमा पाइने भएकाले चुरे संरक्षित क्षेत्र घोषणा गर्नु आवश्यक रहेको बताए । उनले चुरे दोहनका कारण पानीको सतह पनि तल झरिरहेको भन्दै चुरे क्षेत्रले भूमिगत जलभण्डारको काम गर्ने भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिए । सांसद झाले चुरे संरक्षणका लागि प्रभावकारी रूपमा बजेट विनियोजन गर्न सरकारलाई आग्रह गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका