जोडिनुहोस
  • होमपेज
  • ‘द डार्क फाइल’ प्रकरणमा ३ जनाविरुद्ध मुद्दा दर्ता

‘द डार्क फाइल’ प्रकरणमा ३ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । ‘द डार्क फाइल’ नाम दिएर एक अनलाइनमार्फत् समाचार तथा अडियो सम्प्रेषण गरेको आरोपमा ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । मुद्दामा उक्त अनलाइनका सञ्चालक, सम्पादक र अडियो उपलब्ध गराउनेसहित तीन जनालाई प्रतिवादी बनाइएको छ ।

सिधाकुरा नामक अनलाइन तथा युट्युब च्यानलका सञ्चालक तथा अध्यक्ष युवराज कँडेल, सम्पादक नवीन ढुंगाना र अडियो उपब्ध गराउने ललितपुरका ३६ वर्षीय राजकुमार तिम्सिनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । उक्त अनलाइन र युट्युब च्यानलमार्फत् सम्प्रेषण भएको अडियो फेक रहेको भन्दै अदालतमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । साइबरको कसुरमा दर्ता गरिएको मुद्दामा विद्युतीय कारोबार ऐन अन्तगर्तको कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी गरिएको छ ।

संवैधानिक इजलासमा रंगेहात घुससम्बन्धी मुद्दामा चलखेल गरेर फैसला भएको दाबी अडियोमा थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका