जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटम : भदौसम्म माग पूरा नगरे आन्दोलन थाल्छौँ

प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटम : भदौसम्म माग पूरा नगरे आन्दोलन थाल्छौँ

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

गोरखा र धादिङस्थित बूढीगण्डकी बहुउद्देश्यीय परियोजना छुट्टै ऐनअन्तर्गत अधिकारसम्पन्न ‘बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’ बनाएर छिटो बनाउन उनले माग गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यो आयोजना प्रभावितका माग पूरा गर्न भन्दै प्रधानमन्त्री दाहालसमक्ष ज्ञापनपत्र बुझाएका हुन्। पार्टी नेतासमेत रहेका छोरी मानुषी यमी र ज्वाइँ जेकेन्द्र श्रेष्ठसहित प्रधानमन्त्री दाहाललाई भेट्न बाबुराम सिंहदरबार छिरेका थिए ।

उनले आफ्ना मागहरू आगामी भदौ मसान्तसम्म माग पूरा नगरिएए सबै सरोकारवालालाई एक ठाउँमा ल्याएर आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । माग पूरा नभए आन्दोलन थाल्ने जानकारी पनि ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री दाहाललाई गराएको बाबुरामले सिंहदरबारबाट बाहिरिने क्रममा बताएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका