जोडिनुहोस
  • होमपेज
  • कृषि पेशालाई सम्मानित गराउँन युवाको भूमिका आवश्यक : सविन लामिछाने

कृषि पेशालाई सम्मानित गराउँन युवाको भूमिका आवश्यक : सविन लामिछाने

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन का राष्ट्रिय युवा विज्ञ सविन लामिछानेले कृषि पेसालाई सम्मानित पेसाका रूपमा हेर्नु पर्ने बताए ।

काठमाडौँमा आयोजित एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशस्सको सम्मेलनलाई सम्बोधन गर्दै बुधवार विज्ञ लामिछानेले कृषि पेसलाई तल्लो तहको पेसाका रूपमा नभई सम्मानित पेसाका रूपमा हेर्नु पर्ने बताए । नेपाली समाजमा कृषि पेसलाई हेर्ने दृष्टिकोण राम्रो नभएको बताएका लामिछानेले समाजका अन्य प्रतिष्ठित पेसालाई जस्तै कृषि पेसालाई पनि सम्मानित पेसाका रूपमा हेर्नु पर्ने बताएका थिए । उनले समाजमा प्रतिष्ठित पेसा मानिएका डाक्टर, इन्जिनियर, शिक्षक जस्तै कृषि पेसालाई पनि सोही अनुसारको सम्मान दिनु पर्ने बताए ।

यूथ थिंकरस् सोसाइटीद्वारा नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा आयोजित पाँच दिने सम्मेलनका क्रममा लामिछानेले कृषि पेसालाई सम्मानित पेसा बनाउँन युवा लक्षित कार्यक्रम ल्याउनु पर्ने बताए । युवाहरुको सक्रिय सहभागिता पछि मात्रै कृषि पेसालाई समाजमा आदर गर्ने बुझाई लामिछानेको छ ।

युवाहरूलाई कृषि पेसामा आकर्षित गर्न सबै भन्दा पहिला शिक्षा प्रणालीमै सुधार गर्न आवश्यक रहेको लामिछानेले बताए । युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न विज्ञानमा आधारित शिक्षाको आवश्यक रहेको उनले औंल्याए । त्यसका लागि सरकारले सोही अनुसारको युवा मैत्री नीति बनाउनु पर्ने र त्यसै अनुसारको कृषि प्रविधिको विकास गर्नु पर्नेमा उनले जोड दिए ।

युवाहरूलाई आलोचनात्मक चिन्तकका रूपमा दर्शाएका उनले युवाहरू नै परिवर्तनका निर्माता भएको बताए । त्यसैले युवाहरूलाई किसानको महत्त्व बुझाउँदै कृषि क्षेत्रमा उनीहरूलाई उल्लेखनीय मात्रामा सहभागी गराउन सके कृषि क्षेत्र सम्मानित हुने लामिछानेको बुझाई छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका