
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा पक्राउ परेका छन् । उनलाई गएराति कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । झामाथि बिचौलियालाई गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप छ । यसअघि हिजो प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पक्राउ गरेको थियो । उनी काठमाडौंको बौद्धबाट पक्राउ परेका थिए । उनी पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थिए ।