जोडिनुहोस
  • होमपेज
  • कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

गएराति देखि परेको बर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार र कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । रिडी–वामीटक्सार सडक खण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ मा रहेको डहरे खोलामा पानीको बहावका कारण रातिदेखि सडक अवरुद्ध बनेको हो ।त्यसैगरि कालिगण्डकी करिडोर सडकअन्तर्गत रुद्रबेणी–पुर्तिघाट सडक खण्डका विभिन्न ठाउँमा चट्टान र पहिरोका कारण शुक्रवार रातिदेखि सडक अवरुद्ध बनेको हो ।

वर्षाका कारण तम्घास–ईन्द्रेगौडा, मुजुवा–सान्तिपुर, तम्घास–अर्खाबाङ् र रुद्रबेणी–ठूलोलुम्पेक लगायत दुई दर्जनभन्दा बढी मुख्य एवम् ग्रामिण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । रिडी–वामीटक्सार सडकअन्तर्गत सत्यवति गाउँपालिकाको डहरे खोलामा पानी परिरहेका कारण पहिरो हटाउन समस्या भएको सत्यवति गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला टटीय क्षेत्र र पहिरोग्रस्त क्षेत्रका बासिन्दालाई सतर्क रही सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

धेरै टिप्पणी गरिएका