जोडिनुहोस
  • होमपेज
  • काठमाण्डौको चक्रपथ विस्तारका लागि दबाब यात्रा

काठमाण्डौको चक्रपथ विस्तारका लागि दबाब यात्रा

चक्रपथ अर्थात् रिङरोड विस्तारका लागि दबाब यात्रा गरिएको छ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलको नेतृत्वमा आज बिहान कलंकी क्षेत्रबाट दबाब यात्रा निकालिएको हो ।

सडक विस्तारको काम ढिला भएको र सर्वसाधारणले समस्या भोग्नु परेको भन्दै विरोध स्वरूप पैदलै यात्रा गरिएको हो । सरकारले चक्रपथ विस्तारका लागि छ वर्ष अघि रुख काटेर नयाँ लेन बनाउने भने पनि काम अलपत्र छ ।

दुई वर्षभित्र सक्ने गरी कलङ्की–बसुन्धरा सडक विस्तार गर्ने सम्झौता नेपाल र चीनबीच भएको थियो । नेपाल सरकार र चीन सरकारले २०१८ जनवरी १७ तारिखमा सम्झौता गरी काम अघि बढाउने सहमति भएको भए पनि सडक विस्तार परियोजनाको विस्तृत प्रतिवेदन ९डीपीआर० बनेको छैन ।

धेरै टिप्पणी गरिएका