जोडिनुहोस
  • होमपेज
  • रौतहटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाईते

रौतहटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाईते

रौतहटको सदरमुकाम गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ८ जना यात्रु घाइते भएका छन् । गौरबाट भैरहवा तर्फ गइरहेका ना.७ खं ८४१४ नम्बरको बस जयनगर चोकमा बिहान ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी रामेश्वर त्वातीले बताएका छन् ।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ । एकजना यात्रु २६ बर्षिया रन्जुदेवी दासको दाहिने हात भाँचिएको हुँदा उनको उपचार ग्राण्डी अस्पताल गरुडामा भइरहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताएकी छिन्। अन्य सात जना घाइतेहरूको शिवनगर र गरुडामा उपचार भइरहेको छ । दुर्घटना पछि बसका चालक र सहचालक फरार रहेको र दुर्घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका