जोडिनुहोस
  • होमपेज
  • कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड

कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कृषि उब्जनी बढाउन किसानलाई यन्त्र एवं उपकरण प्रयोगमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । एककाइसौँ राष्ट्रिय धान दिवसका अवसरमा आज नेपाल किसान महासङ्घले लिखु गाउँपालिका–६ मा आयोजना गरेको रोपाइँमा जनशक्ति र यान्त्रिकीकरणबीचको समन्वयकारी भूमिकाबाट कृषि उब्जनी बढाउन सरकारले प्राथमिकता दिनुपर्ने बताए ।

‘नयाँ प्राविधिको प्रयोगमा किसानलाई जोड्नुपर्छ’, उनले भने, ‘जनशक्ति घट्दा खेतीयोग्य भूमि बाँझै छन् । यन्त्रको सहयोगले बढीभन्दा बढी भूमिमा खेती गरेर उत्पादकत्व बढाउन लाग्नुपर्छ ।’

किसानलाई मलको अभाव हुन नदिन प्रांगारिक मलको उत्पादन र उपभोगमा लाग्न पूर्वमन्त्री महतले किसानलाई अनुरोध गर्नुभयो । ‘ किसानले रासायनिक मल खरिद गर्न धेरै लगानी र समय खर्चेका छन्’, उनले भने, ‘गोठमै बनाउन सकिने कम्पोस्ट मल र प्राङ्गारिक झोल मल बनाउन किसानलाई सरकारको सहयोग आवश्यक छ ।’ उनले बीउ, मल, सिँचाइ र उत्पादित कृषि उब्जनीको बजारीकरणको समस्यालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने उनले बताए ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका