जोडिनुहोस
  • होमपेज
  • लद्दाखको सीमा नजिकै आएको बाढीमा परी पाँच सैनिकको मृत्यु

लद्दाखको सीमा नजिकै आएको बाढीमा परी पाँच सैनिकको मृत्यु

भारतको लद्दाखको सीमा नजिकै आएको बाढीमा परी पाँच भारतीय सैनिकको मृत्यु भएको छ । यो दुर्घटना लद्दाख नजिकै दौलत बेग ओल्डी क्षेत्रमा भएको भारतीय सेनाले जनाएको छ ।

शुक्रबार यी सैनिकहरू ट्यांकसँग अभ्यास गरिरहेको बेला नदी तर्ने क्रममा पानीको सतह एक्कासि बढेको थियो । दुर्घटना हुँदा ट्यांकीमा पाँच जना सैनिक थिए । जसमा एक जेसीओ र चार सैनिक रहेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार लेहमा डिफेन्स पीआरओले रातमा सैन्य प्रशिक्षण गतिविधिको क्रममा पूर्वी लद्दाखको सासेर ब्राङ्सा नजिकैको श्योक नदीमा सेनाको ट्यांकी फसेको बताएको छ ।

उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेपनि पानीको सतह तीव्र गतिमा बढेका कारण उद्धार टोलीले आफ्नो काममा सफल हुन सकेन र ट्यांकी चालक दलका सबै सदस्यले ज्यान गुमाए ।

भारतीय सेनाले पूर्वी लद्दाखमा तैनाथ आफ्ना पाँच बहादुर सैनिकको ज्यान गएको प्रति शोक व्यक्त गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले पाँच सैनिकको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका