
काठमाडौं । चितवनमा एक चिनियाँ नागरिक मृत फेला परेका छन् । चितवन बीपी कोइराला क्याक्सर अस्पताल अगाडिको वर्षाना होटेलको ११९ नम्बर कोठामा बस्दै आएका ५६ वर्षीय पियान छासिंङ आज बिहान मृत फेला परेका हुन् ।
उनी १० असारदेखि सोही होटेलमा बस्न थालेको खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए । प्रहरीका अनुसार उनी क्यान्सरपीडित समेत भएको खुलेको छ । उपचारकै लागि पियान चितवन पुगेको प्रहरीले जनाएको छ ।