जोडिनुहोस
  • होमपेज
  • विहारमा नौ दिनमा पाँच पुल भत्किए, ‘षड्यन्त्र’ भन्दै जंगिए भारतका संघीयमन्त्री

विहारमा नौ दिनमा पाँच पुल भत्किए, ‘षड्यन्त्र’ भन्दै जंगिए भारतका संघीयमन्त्री

पटना । भारतको विहार प्रान्तमा ९ दिनमा पाँच वटा पुल भत्किएको छ । भारतका संघीयमन्त्री जीतनराम माझीले षड्यन्त्र भएको बताएका छन् ।

उनले विहारका पुल निरन्तर रूपमा भत्किरहेको जनाउँदै सरकारको छवि बिगार्न यसमा षड्यन्त्रको आशंका गरेका हुन् । सुक्ष्म, लघु र मध्यम उद्यमसम्बन्धी मन्त्री माझीले शनिबार बोल्दै विहारमा भत्किएका पुलप्रति चासो दिँदै सो कुरा बताएका हुन् ।

ती पुल भत्किनुको कारण कमसल खालका सामग्रीको प्रयोगले हुन सक्ने जनाएका छन् । तर, पहिले सबै ठीक ठाक भएका पुल रातारात भत्किने गरेको जनाए । “मलाई लाग्छ पुल भत्किनुमा सरकारको छवि बिगार्ने षड्यन्त्र छ । दुई महिनाअघि पुल भत्किने समस्या थिएन । अहिले निरन्तर रूपमा पुल भत्किरहेको छ । सरकारलाई अपमान गर्न केही व्यक्तिले षड्यन्त्र गरेको मलाई शंका छ,” उनले भनेका छन् ।

गएको ९ दिनमा विहारका अररिया, सिवान, पूर्वी चम्पारण र कृष्णगन्ज जिल्लामा पाँच वटा पुल भत्किएका थिए । पछिल्लो पुल भेजा प्रहरी स्टेसन मधुवनी जिल्लामा भत्किएको थियो । जुन नेपालको सीमावर्ती क्षेत्रमा छ । गएको जुन २६मा विहारको किसनगन्जमा भएको पुल भत्किँदा ४० हजार मानिस प्रभावित भएका थिए । हिन्दुस्तान टाइम्स

धेरै टिप्पणी गरिएका