जोडिनुहोस
  • होमपेज
  • कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्न जम्मा भएका छौँ : भुसाल

कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्न जम्मा भएका छौँ : भुसाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको ग्यारेन्टी गर्न पार्टीको महाधिवेशन गर्न लागिएको बताएका छन् ।

काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबारे जानकारी दिँदै महासचिव भुसालले कम्युनिस्ट पार्टीको मेसिनबाट जो निस्कन्छ र प्रोसेस हुन्छ त्यो मात्र समाजवादी हुनसक्ने पनि बताए ।

‘कम्युनिस्ट पार्टीको मेसिनबाट जो निस्कन्छ र प्रोसेस हुनेछ त्यो मात्र समाजवादी भएर निस्कन्छ’, भुसालले भने, ‘त्यस्तो सङ्गठनात्मक ढाँचाले हामी समाजवादी कार्यक्रम र कार्यदिशामा पुग्न सक्छौ ।’ उनले नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको ग्यारेन्टी गर्न महाधिवेशनमा जम्मा भएको भन्दै यसअर्थमा इतिहासको यो क्षण असाधारण र महत्वको भएको पनि बताए ।

धेरै टिप्पणी गरिएका