जोडिनुहोस
  • होमपेज
  • मुलुक चलाउने कुरा मुखियाले गाउँ चलाएको जस्तो होइन : पूर्वसभामुख रानाभाट

मुलुक चलाउने कुरा मुखियाले गाउँ चलाएको जस्तो होइन : पूर्वसभामुख रानाभाट

काठमाडौं । पूर्वसभामुख तारानाथ रानाभाटले देशलाई राम्रोसँग अघि बढाउने नेताको खाँचो रहेको बताएका छन् ।

आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले देशलाई राम्रोसँग अघि बढाउने नेताको खाँचो हुँदा देशमा अहिलेको स्थिति सिर्जना भएको जिकिर गरे । उनले मुलुक मुखियाले गाउँ चलाएको जस्तो नभएको बताए ।

उनले नेपाल चलाउनु मात्रै नेताहरुको, सरकारको, प्रधानमन्त्रीको जिम्मेवारी नभएको भन्दै संसारभर रहेका आफ्ना मित्र, आफ्ना छिमेकी, आफ्नो व्यवस्थासँग व्यवस्था मिल्ने पद्धतिका विगतका क्रियाकलाप र आजका क्रियाकलापहरु एवं आफ्नो अनुकूल रहेका शासन व्यवस्था र पद्धतिलाई अध्ययन गरेर काम गर्नेकुरा संसद भित्रै सम्भव रहेको बताउनु भयो ।

‘प्रजातन्त्र अहिले पनि लंगडो अवस्थामै छ । तातेताते गरिदिने गम्भीर व्यक्तित्वहरु, नेताहरुको अभावले यो स्थिति आएको हो । हामीलाई औंला समातेर अगाडि बढाइदिने नेताको आवश्यक छ । किन आवश्यक छ भने मुलुक मुखियाले गाउँ चलाएको जस्तो होइन । नेपाल चलाउनु मात्रै नेताहरुको, सरकारको, प्रधानमन्त्रीको जिम्मेवारी होइन’, उनले भने, ‘संसारभर रहेका आफ्ना मित्रहरु, आफ्ना छिमेकीहरु, आफ्नो व्यवस्थासँग व्यवस्था मिल्ने पद्धतिका हिजोका क्रियाकलाप र आजका क्रियाकलापहरु र आफ्नो अनुकुल रहेका शासन व्यवस्था र पद्धतिलाई अध्ययन गरेर काम गर्नेकुरा संसद भित्रै हुन्छ । जनताले चुन्ने हो ।’

पूर्वसभामुख रानाभाटले सांसदहरु संसदमा आइसकेपछि कुनै जिल्ला, क्षेत्र र पार्टीको मात्रै नहुने बताए ।

धेरै टिप्पणी गरिएका