जोडिनुहोस
  • होमपेज
  • गृहमन्त्री लामिछाने भन्छन्- देशको आर्थिक विकासका लागि सबै दल एकठाउमा आउनुपर्छ

गृहमन्त्री लामिछाने भन्छन्- देशको आर्थिक विकासका लागि सबै दल एकठाउमा आउनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा आम जनता र नेताहरूको प्राथमिकता एउटै विषयमा नभएको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै लामिछानेले आम जनता र राजनीतिक दलका नेताहरूको प्राथमिकता एकै नभएको बताएका हुन् । उनले देशमा राजनीतिक परिवर्तन भएर, संविधान बनेर, सबै किसिमका अधिकार प्राप्त भएपछि पनि आम जनताको चाहना अनुसार काम हुन नसकेको बताए ।

उनले शीर्ष नेताहरुबीच जनताको चाहना अनुसारको काम गर्न एक ठाउँमा आउन नसकेको बताए । उनले राजनीतिक समस्या समाधान गर्न सबै दल एक ठाउँमा आए जस्तै देशको आर्थिक विकास गर्न सबै एक ठाउँमा आउनुपर्ने बताए ।उनले देशको विकास गर्न सबै नेताहरू एक ठाउँमा आउन आव्हान समेत गरेका छन् ।

धेरै टिप्पणी गरिएका