जोडिनुहोस
  • होमपेज
  • एकीकृत समाजवादी र माओवादी एउटै पार्टी बनाउने प्रयासमा छौँ : प्रधानमन्त्री

एकीकृत समाजवादी र माओवादी एउटै पार्टी बनाउने प्रयासमा छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकताको प्रयास भइरहेको बताएका छन् । अरू वामपन्थी दल पनि एक हुनुपर्नेमा उनले जोड दिए ।

सत्तसाझेदार दल नेकपा (एकीकृत समाजवादी)को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका क्रममा आइतबार उनले ०८४ को निर्वाचनअघि नै पार्टी एकताको तयारी गरिएको बताए ।

“चुनावअघि र समाजवादी मोर्चा हुँदै एकीकृत समाजवादी र माओवादी सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिरहेका छौँ । देशका वामपन्थीहरू एक हुनुपर्छ,” उनले भने । उनले एकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि टिप्पणी गर्दै भने, “तपाईंहरूले दस्तावेजमा अलिक नजिकको पनि भन्नुभएको छ, माओवादी अलिक बढी अस्थिर भन्नुभएको छ ।”

प्रधानमन्त्री प्रचण्डले आफू अस्थिर नभएको भए ‘जनयुद्ध’ नहुने भन्दै शान्ति सम्झौता पनि त्यसैको उपज भएको जिकिर गरे । “युद्धबाट शान्तिमा आयो भने गतिशीलता हो, अस्थिरता होइन,” उनले भने ।

धेरै टिप्पणी गरिएका