जोडिनुहोस
  • होमपेज
  • दोलखाको फिल्म सिटी सरकारको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

दोलखाको फिल्म सिटी सरकारको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र आमसञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम भएको बताएकी छन् ।

नेपाल चलचित्र विकास बोर्डको २४ औं वाषिकोत्सव समारोहलाई आइतबार सम्बोधन गर्दै उनले लचित्र मनोरञ्जनको साधन मात्रै नभइ सन्देश दिने प्रभावकारी माध्यम रहेको बताएकी हुन् ।

उनले चलचित्रको विकासका लागि लिएका लक्ष्यहरू परिणाममा पुर्याउन चुनौतिपूर्ण रहेको बताइन् । उनले दोलखाको फिल्म सिटी बनाउने सरकारको उच्च प्राथमिकतामा रहेको बताइन् । फिल्म सिटी बनेसँगै नेपालले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्ने उनको विश्वास छ ।

मन्त्री शर्माले विगतमा भन्दा बढाएर चलचित्र विकास बोर्डमा बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाइन् । उनले चलचित्र ऐन छिटोभन्दा छिटो ल्याउन सरकार संवेदनशील रहेको बताइन् ।

धेरै टिप्पणी गरिएका