जोडिनुहोस
  • होमपेज
  • कांग्रेस–एमालेका शीर्ष नेताबीचको संवादले आशाको सञ्चार : सांसद गिरी

कांग्रेस–एमालेका शीर्ष नेताबीचको संवादले आशाको सञ्चार : सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दुई प्रमुख दल कांग्रेस र नेकपा (एमाले)का नेताबीचको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले कांग्रेस र एमालेका शीर्ष नेताबीचको सघन संवादले आशाको सञ्चार गरेको बताए ।

लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका निम्ति कांग्रेस–एमाले मिल्न आवश्यक रहेको उनले टिप्पणी गरे । उनले संविधान संशोधनसम्मका निम्ति कांग्रेस र एमालेबीच संवाद र सहकार्य गर्नुपर्ने बताए ।

निर्वाचन प्रणालीमा सुधार गर्नेलगायत केही महत्त्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक रहेको उनले उल्लेख गरे । संविधान संशोधनका निम्ति अरू दलहरूसँग पनि छलफल गर्नुपर्ने उनले बताए । उनले कांग्रेस–एमालेका शीर्ष नेताबीचको भेटवार्तालाई सकारात्मक रूपमा लिन आग्रह गरे ।

धेरै टिप्पणी गरिएका