
सिडनी । अष्ट्रेलियाको सिड्नीमा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । आफ्नो छोरीको २५औँ विवाह वार्षिकोत्सवमा भाग लिन गएका ७९ वर्षीय वृद्धको आइतबार राति कारको ठक्करबाट मृत्यु भएको हो । उनको नाम र नेपालको ठेगाना भने खुलेको छैन ।
प्रहरीले घटनामा संलग्न रहेको कार सार्वजनिक गरेको छ । अनुसन्धानमा संलग्न प्रहरीले सो घटनाका बारेमा जानकारी दिएर मदत गर्न सर्वसाधारणलाई अपील गरेका छन् । प्रहरीले त्यहाँ रहेको सीसीटीभी फुटेज सार्वजनिक गर्दै कार ‘हिट एन्ड रन’मा संलग्न भएको देखाइएको छ । आइतबार राति सडकको छेउमा एक मानिस घाइते भएको सुनेपछि इमर्जेन्सी सर्भिसको टोली घटना भएको अबेल रोडमा आइतबार राति ११.४५मा पुगेको थियो । स्वास्थ्यकर्मीले उनलाई बचाउने प्रयास गरे पनि सम्भव नभएको बताइएको छ ।
विचलित अवस्थामा भएकी उनकी छोरीले बाबुलाई मदत नगरी भाग्ने चालकप्रति आक्रोश पोखेकी छन् । हिट एन्ड रनमा संलग्न रहेको कारको सीसीटीभी फुटेज प्रहरीले सार्वजनिक गरेको छ । सो फुटेज एउटा छिमेकीको घरबाट लिइएको थियो । सो घटनाबारेमा कुनै सूचना मिलेमा १८००३३३००० नम्बरमा क्राइम स्टप्पर्सलाई फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको छ । डेली मेल