जोडिनुहोस
  • होमपेज
  • वीर अस्पतालमा २४ सै घण्टा शल्यक्रियाबारे छलफल हुँदै छ : स्वास्थ्यमन्त्री

वीर अस्पतालमा २४ सै घण्टा शल्यक्रियाबारे छलफल हुँदै छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले वीर अस्पतालमा २४ सै घण्टा शल्यक्रिया गर्ने गरी छलफल भइरहेको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यसबारे जानकारी गराएका हुन् ।

“अस्पतालमा उपकरण छ, जनशक्ति छ भने २४ सै घण्टा शल्यक्रिया सेवा किन नदिने ? यसबारे छलफल भइरहेको छ,” उनले भने । शल्यक्रियाका निम्ति महिनौँ ‘क्यु’मा बस्नुपर्ने समस्याको अन्त्य गर्न ठूला अस्पतालको अनुगमन गरी प्रतिवेदन तयार पारिएको मन्त्री यादवले जानकारी दिए ।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?