जोडिनुहोस
  • होमपेज
  • शिक्षामन्त्री श्रेष्ठ भन्छिन्– शैक्षिक गुन्डागर्दी र राजनीति हटाएरै छाड्छु

शिक्षामन्त्री श्रेष्ठ भन्छिन्– शैक्षिक गुन्डागर्दी र राजनीति हटाएरै छाड्छु

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रहरीको सहयोग लिएर भए पनि शैक्षिक क्षेत्रको गुन्डागर्दी हटाएरै छाड्ने बताएकी छन् । आफू शिक्षामन्त्री रहुन्जेल यो क्षेत्रमा दलीय राजनीति हुन नदिने उनले प्रतिबद्धता व्यक्त गरिन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।

“जबसम्म म शिक्षामन्त्री छु, प्रहरी प्रयोग गर्छु, गुन्डागर्दी सहिन्नँ । दलीय राजनीति हटाएरै छोड्छु,” उनले भनिन् । मन्त्री श्रेष्ठले राजनीतिक दलको भातृसंस्थाले तालाबन्दी गर्ने अनि उत्तरपुस्तिका समयमा ‘चेक’ किन भएन भनेर प्रश्न गर्नु उचित नहुने बताइन् ।

“शिक्षा क्षेत्रलाई जोन अफ पिस बनाऊँ । आफनो निर्वाचन क्षेत्रमा टिचर गएको छ छैन हेरौँ र छैन भने फोन गरेर जानकारी दिनुस् । कारबाही त गर्नुपर्‍यो नि,” उनले भनिन् । विद्यालयमा तालाबन्दी गरेर विद्यार्थीको पढ्ने अधिकार कसैले खोसे कारबाही गर्ने र त्यो नीति बनाउँदै गरेको उनले जानकारी गराइन् ।

धेरै टिप्पणी गरिएका