जोडिनुहोस
  • होमपेज
  • चीनका दुई पूर्वरक्षामन्त्री भ्रष्टाचारमा मुछिएको खुलासा

चीनका दुई पूर्वरक्षामन्त्री भ्रष्टाचारमा मुछिएको खुलासा

हङकङ । चीनले भ्रष्टाचारको आरोपमा दुई पूर्वरक्षामन्त्रीलाई छानबिन गरिरहेको खुलासा भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले गत वर्ष ली शान्गफुलाई पदबाट बर्खास्त गरेपछि पार्टीबाट पनि निष्कासन गरेको थियो ।

उनलाई पार्टीको भावना अनुरुप काम नगरेको, राजनीतिक वातावरण बिगारेको, घुस लिएको, अरुको फाइदाका लागि काम गरेको, अरुलाई पैसा समेत दिएको लगायतका आरोप लगाइएको छ । उनको प्रकरण सैन्य अभियोजककोमा पठाइएको जनाइएको छ । उनी सन् २०२३ को अक्टोबरमा बर्खास्त गरिनुभन्दा दुई महिनाअघिदेखि देखिएका थिएनन् ।

यस्तै, उनका पूर्ववर्ती अर्का रक्षामन्त्री वेई फेंघेलाई पनि पार्टीको अनुशासन र कानुनको गम्भीर उल्लंघनको आरोप लगाइएको छ । उनी पाँच वर्ष रक्षामन्त्री भएर सन् २०२३ मा अवकाश पाएका थिए । उनलाई घुस र गिफ्खट लिएको जुन कानुनविपरीत भएको जनाइएको छ । उनको मुद्दा पनि सैन्य अभियोजकमा सिफारिस गरिएको छ ।

महिनौँसम्मको तीब्र अनुमान र संयमताका बीच चीनले अन्तिममा उसका दुई पूर्वरक्षामन्त्री गत वर्षदेखि देखिएका थिएनन् । अहिले आएर उनीहरू भ्रष्टाचारको छानबिनमा रहेको कुरालाई कन्फर्म गरेको हो । यो विषय सरकारी समाचार एजेन्सीले सार्वजनिक गरेको हो । दुवै मुद्दा अभियोजनका लागि सैन्य अभियोजकलाई जिम्मा लगाइएको त्यहाँको राष्ट्रिय मिडियाले जनाएको हो । उनीहरूसँगै एक दर्जनभन्दा बढी सिरियर जनरल र कार्यकारीलाई मिलिटरी इन्डस्ट्रीयलिस्टको कम्प्लेक्सबाट ओरालिएको छ ।

चीनका राष्ट्रपति सी जिनपिङले भ्रष्टाचारविरुद्धमा आवाज उठाइरहेको बेलामा उनका दुई अधिकारी यसरी सोही अभियोगमा मुछिएका हुन् । उनीहरू पनि बहालमा रहेको बेलामा भ्रष्टचारविरुद्धमा कडा अभिव्यक्ति दिँदै आएका थिए । राष्ट्रपति सीको महत्त्वकांक्षाअनुसार पिपुल्स लिबरेसन आर्मी (पीएलए)लाई वल्र्ड क्लासको फाइटिङ फोर्स बनाउन चीनले उपकरणहरू खरिद र अपग्रेड गर्नको लागि कैयौँ बिलियन्स डलर खर्च गरेको छ ।

सीले रकेट फोर्स पनि बनाएका छन् । जसको उदेश्य देशको तीब्र गतिमा विकास भइरहेको न्यूक्लियर र बलिस्टिक मिसाइलको शस्त्रागार हेर्ने कूलीन फोर्सको निर्माण हो । यद्यपि, दुई अधिकारीहरू अनियमिततामा मुछिएको प्रसंगले सीको योजनामा धक्का लागिरहेको देखिन आएको छ । एजेन्सी

धेरै टिप्पणी गरिएका