जोडिनुहोस
  • होमपेज
  • सत्ताको दुरुपयोग गरेर बजेट विनियोजन : सांसद रोकाय

सत्ताको दुरुपयोग गरेर बजेट विनियोजन : सांसद रोकाय

काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायले विनियोजन विधेयकका शीर्षक मापदण्ड, सिद्धान्त र प्राथमिकताविपरीत रहेको टिप्पणी गरेका छन् । सोमबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले बजेट मन्त्रीहरूले आफूखुसी ल्याएको जिकिर गरे । बजेटको मूल्य–मान्यतामा नै त्रुटि भएको उनले बताए ।मन्त्रीहरूले बजेटको अधिकांश हिस्सा आफ्नै जिल्ला, निर्वाचन क्षेत्रमा लैजाने विषयले दुरुपयोगको पुष्टि भएको उनले उल्लेख गरे ।

सांसद रोकायले बजेट मन्त्रालयगत विनियोजनमा गैरजिम्मेवार र लज्जास्पद स्थिति देखिएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका