जोडिनुहोस
  • होमपेज
  • समयको आवश्यकता र औचित्यताका आधारमा बजेट वितरण : अर्थमन्त्री पुन

समयको आवश्यकता र औचित्यताका आधारमा बजेट वितरण : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले न्यायिक प्रणालीको विकास, समयको आवश्यकता र औचित्यका आधारमा सरकारले बजेट वितरण गरेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले यस्तो बताएका हुन् । उनले मन्त्रालयगत बजेट विनियोजनमा ठूलो अन्तर, असमानता र समन्यायिक बजेट वितरण गरेको बताए ।

बजेट विनियोजन गर्दा सम्बन्धित निकायको काम, कर्तव्य, कार्यक्षेत्र र अधिकारका आधारमा गरिएको स्पष्ट पारे । बजेट वितरण समयको आवश्यकता र औचित्यताका आधारमा भई रहेको उल्लेख गरे । उनले गत वैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त आधार रहेको सन्देश दिएको बताए ।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?